दफा ३१
मूल्यदेय हुलाक वस्तुहरु हुलाकबाट चलान गर्दाको
: नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहाय बमोजिमको व्यवस्था गर्न सक्नेछः–
(क) यो ऐनका अरु दफाहरुमा लेखिएका कुराहरुको अधीनमा रही हुलाकबाट हुलाकवस्तु पठाउनेले सो वस्तुमा जति रकम लेखिदिएको छ त्यति रकम ठेगानावालाबाट असुल उपर गरी हुलाक वस्तु डेलिभरी गर्ने र असुल भएको रकम हुलाक वस्तु पठाउनेलाई बुझाउने, र
(ख) सो वापत हुलाक वस्तु पठाउनेले तिर्नुपर्ने दस्तुर ।
तर मूल्यदेय वस्तुको रकम ठेगानावालाबाट असुल उपर नभएमा नेपाल सरकारले कुनै दायित्व व्यहोर्नु पर्ने छैन । यस दफा बमोजिम पठाइएका हुलाक वस्तुलाई मूल्यदेय हुलाक वस्तु भनिनेछ।